+
+
Shares

नक्साका लागि सरकारलाई धन्यवाद ! तर नो आरडीटी

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३१ गते १३:३८

३१ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको लडाइँमा सरकार असफल भएको भन्दै युवाहरूले शनिबार माइतीघरमा प्रदर्शन गरेका छन् ।

सामाजिक सञ्जालमा आबद्ध युवाहरूको अगुवाईमा सरकारविरुद्ध  प्रदर्शन हुँदै आएको थियो । तर शनिबार माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम राखेका थिए ।

तर लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पनि संसदबाट पास गर्ने तयारी भएसँगै प्रदर्शनकारी अलमलमा परे ।

केहीले प्रदर्शन रोक्नुपर्ने मत राखे भने केहीले पूर्व निर्धारित प्रदर्शनलाई जारी राख्नुपर्ने बताए । उनीहरूले माइतीतर मण्डलामा प्रदर्शन पनि गरेका छन् ।

प्रदर्शनमा सहभागीहरूले कोरोनासँग जोडिएका विषयमा सरकारलाई प्रश्न गरेका छन् भने नयाँ नक्साका लागि सरकारलाई धन्यवाद समेत दिएका छन् ।

त्यसका लागि उनीहरूले ‘लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नेपालको नयाँ नक्साका लागि धन्यवाद नेपाल सरकार । तर १० अर्बको हिसाब खोइ ? लेखिएको ठूलो ब्यानरका साथै ‘नक्साका लागि धन्यवाद, नो आरडीटी १०० प्रतिशत पीसीआर’ लेखिएको प्ले कार्ड पनि बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?