+
+

संयुक्त राष्ट्रसंघका १८ नेपाली कर्मचारी बोकेर अफगानिस्तानबाट आयो जहाज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १४:११

३२ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघका १८ जना नेपाली कर्मचारी अफगानिस्तानबाट आइतबार काठमाडौं आएका छन् । उनीहरुलाई संयक्त राष्ट्रसंघ आफैले चार्टर्ड विमानबाट नेपाल ल्याएको हो ।

‘यूएनका लागि हुने उडानबाट उहाँहरु नेपाल आउनु भएको हो,’ त्रिभुवन विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले भने, ‘उडानको व्यवस्थापन समेत संयक्त राष्ट्रसंघबाटै भएको हो ।’

उक्त जहाजले काठमाडौंबाट अफगानिस्तान र्फकने क्रममा एक जना नेपालीलाई अफगानिस्तान लैजादै छ ।

आइतबार नै बंगलादेशको ढाकाबाट विद्यार्थीहरुलाई नेपाल ल्याइदैछ । त्यसका लागि जहाज ढाका प्रस्थान गरिसकेको छ । बंगलादेशबाट नेपाल एयरलाइन्सले नेपालीलाई ल्याउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?