+
+
Shares

प्रधानमन्त्रीलाई सप्तरीका युवाले पठाए अदुवा र बेसार

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १५:०१

३२ जेठ, सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै सप्तरीका युवाले लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र लसुन खान प्रेरित गरेकाले प्रधानमन्त्रीलाई यो सामग्री पठाइएको युवा सुनिता कुमारी साहले बताइन् ।

उनीसहितका युवाले प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत अदुवा, लसुन र बेसार आधा/आधा कलिो पठाएका छन् ।

‘कोरोना महामारीका बीच जनतामा सन्त्रास फैलिरहेको बेला प्रधानमन्त्रीले यी खाने कुरा खान प्रेरित गर्नुभएको छ,’ साहले भनिन्, ‘यदी यी वस्तुबाट इम्युनिटी बढ्ने हो भने प्रधानमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना गर्दै यो सामग्री पठाएका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?