+
+
Shares

२ महिनामा ४ हजार पाँच सयले लिए निःशुल्क एम्बुलेन्स सेवा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते १७:२०

३२ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवाले लकडाउन अवधिभरीमा करीब ४ हजार पाँच सयलाई निशुल्क सेवा प्रदान गरेको छ ।

हृदयघात, मृगौला रोगीलगायतका विरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि महानगरपालिकाले सुरु गरेको निशुल्क एम्बुलेन्सले लकडाउन अवधीभरमा एकतर्फी करीब तीन हजार र दुईतर्फी करीब ४ हजार पाँच सयलाई सेवा दिएको काठमाडौँ महानगरपालिकाका प्रशासन विभाग प्रमुख नमराज ढकालले जानकारी दिए ।

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले लकडाउनका बेला हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरुलाई २४ सै घण्टा आकस्मिक निशुल्क एम्बुलेन्स सेवा दिने उदेश्यले सो सेवा सुरु गरेको जानकारी दिए ।

‘आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएका हौँ,’ प्रमुख शाक्यले भने ।

महानगरपालिकाले लकडाउनको अवधिमा महानगरमा बसोवास गर्ने त्यस्ता विरामीलाई यातायातको सुविधा उपलब्ध नभएको अवस्थामा अस्पतालसम्म लैजान–ल्याउन समस्या भए हटलाइन नम्वर ११८० मा सम्र्पक गर्न पनि आग्रह गरेको थियो । सो हटलाइनमा लकडाउन अवधीभर ६ हजार बढीले सम्पर्क गरेका थिए ।

एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) आर्थिक सहयोग गरी काठमाडौँ महानगरपालिकाले लकडाउन अवधीभर निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको थियो । काठमाडौँ महानगरपालिकाले मुख्य गरेर डाइलोसि गर्नुपर्ने विरामी, मुटुरोगी, सुत्केरी व्यथा लागेकालगायतका विरामीलाई प्राथमिकतामा राखेर पाँच ओटा एम्बुलेन्सबाट लकडाउन अवधीभर सेवा दिएको हो ।

एम्बुलेन्स चालक संघ, नेपाल (काठमाडौं जिल्ला कार्य समिति) का अध्यक्ष गणेश सापकोटाले पनि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित पाँच ओटा एम्बुलेन्सले मुख्य गरेर महानगरपालिका क्षेत्र भित्रका विरामीलाई बढी प्राथमिकता सहित सेवा प्रदान गरेको बताए ।

चक्रपथ बाहिर दुई किलोमिटरसम्मका विरामीलाई समेत वीर अस्पताल, टिचिङ अस्पताल, बालाजुको इाइलोसिस सेन्टरलगायतका स्थानसम्म लैजाने र ल्याउने गरेको उनको भनाई छ । सुरुमा बैशाख १ बाट एक महिनाका लागि सो संस्थासँग सम्झौता भएको थियो । पछि पुनः लकडाउन लम्बिएकाले एक महिना समय थप भएको हो ।

काठमाडौँ महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्य दुई पक्षबीच भएको सम्झौता आजबाट सकिएको जानकारी दिए । ‘हामीले लकडाउन अवधिभरीका लागि मात्रै सम्झौता गरेका हौँ,’ उनले भने, ‘अहिले लकडाउन खुकुलो भएको छ भने सवारी पनि चल्न थालेका छन् । यसलाई समेत मध्यनजर गर्दै महानगरपालिकाले उपलब्ध गराउँदै आएको निशुल्क एम्बुलेन्स सेवा तत्कालका लागि स्थगन गरेका हौँ ।’

काठमाडौँ महानगरपालिकाले कोरोना संक्रमणको सम्भावना भएका विरामी अस्पतालसम्म लैजान समस्या भए उनीहरुलाई सेवा दिन भन्दै काठमाडौँ महानगरपालिकाकै सहकार्यमा सञ्चालिन नेपाल एम्बुलेन्स सेवालाई (१०२) लाई तयारी अवस्थामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?