Comments Add Comment

महिला विरोधी टुक्का प्रयोग गरेको भन्दै प्रदेश सभामा विरोध

३२ जेठ, जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदले गरेको टिप्पणीको विषयलाई लिएर महिला सांसदले विरोध जनाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका नेता सत्यनारायण मण्डलले महिलामाथि विभेद जनाउने खालको टुक्का सुनाएपछि सत्तारुढ दलका महिला सांसदले विरोध जनाएका हुन् ।

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा मण्डलको अभिव्यक्ति सुनेपछि महिला सांसदहरुले आफूहरुको अपमान गरेको भन्दै विरोध जनाएपनि सभामुख सरोजकुमार यादवले रोकेका थिए ।

महिला सांसद आक्रोशित देखिएपछि नेता मण्डलले महिलाको अपमान गर्न नभई महिलाको हितमा बोलेको बताए । उनले हाम्रो समाजको दर्शनमा यहीं कुरा भनिएको र यहीं आदर्श बोकिएका कारण मुख्यमन्त्रीले ल्याएको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान सफल हुन नसक्ने भनी प्रष्टीकरण दिन खोजे ।

‘यस्तो अवस्थामा कसरी बेटीलाई बचाउन सक्नुहुन्छ’ नेता मण्डलले भने, ‘म यहीं कुरालाई जोड्न यो कुरा भनेको हुँ । महिलाको अपमान गर्ने किसिमले होइन, हितमै बोलेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment