
३२ जेठ, विराटनगर । महिला कामदारमाथि यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका सुनसरी दुहबीस्थित पशुपति सिन प्याक इन्ड्रस्टिजका प्रडक्सन इञ्चार्ज पीडितको उजुरी नपरेपछि छुटेका छन् ।
रात्रीकालीन ड्युटीमा खतिएका महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका २४ वर्षका पवन शर्मा (जनगिर) पक्राउ परेको केही घण्टापछि छुटेका हुन् ।
पाँचजना महिला कामदारको मौखिक उजुरीपछि पक्राउ गरेर ल्याए पनि लिखित जाहेरी दरखास्त नआएपछि छाडिएको इलाका प्रहरी कार्यालय कार्यालय दुहबीका प्रहरी निरिक्षक प्रवीण कार्कीले जानकारी दिए ।
‘उहाँहरुबाट जाहेरी परेन, जाहेरी नपरेपछि थुनामा राख्न मिलेन’ कार्कीले भने ‘ दुर्व्यवहार गर्नेलाई उद्योगले कामबाट निकाल्ने सहमति गरेपछि नआएको भन्ने सुनेँ ।’
जागिर जाने डरले दिएनन् जाहेरी
शर्मा पशुपतिको सिन प्याक इन्ड्रष्टिजका प्रडक्सन इञ्चार्ज हुन् । उनलाई मुद्दा नचलाउन प्रहरीमाथि दबाब थियो ।
उद्योग सञ्चालकले दुर्व्यवहार गरेको उजुरी दिए कामदारलाई निकाल्ने चेतावनीपछि महिलापछि हटेको स्रोत बताउँछन् । एक पटकलाई माफी दिन र उजुरी गरे जागिरबाट निकाल्ने चेतावनी दिएपछि पीडित महिलाहरु पछि हटेका हुन् ।
‘प्रहरी पनि उद्योगीसँग मिलेका छन्’ उद्योगका एक कर्मचारीले भने ‘हिजो जागिर जाने डरमा दुर्व्यवहारका विरुद्ध बोलेनन्, बोल्दा निकाल्ने धम्की आएपछि चुपचाप बसे ।’
प्रतिक्रिया 4