Comments Add Comment

चीनमा कोरोना महामारीको दोस्रो लहरको चिन्ता, बेइजिङमा लगातार दोस्रो दिन भेटिए ३६ संक्रमित

सोमबार चीनमा कोरोना भाइरस (कोभिड-१९) का ४९ नयाँ संक्रमित फेला परेका छन् । चीनको नेसनल हेल्थ कमिसनका अनुसार पछिल्लो २४ घण्टामा देखिएकामध्ये ३६ संक्रमित राजधानी सहर बेइजिङका हुन् । यसअघि आइतबार पनि बेइजिङमा ३६ नयाँ संक्रमित फेला परेका थिए । यसअघि ५० दिनभन्दा लामो समयसम्म यो सहरमा कुनै पनि संक्रमित फेला परेका थिएनन् ।

बेइजिङमा पछिल्लो समय देखिएका अधिकांश संक्रमित सहरको सबैभन्दा ठूलो होलसेल बजारसँग सम्बन्धित रहेको बताइएको छ । सिन्फाडी मार्केटबाट मात्र अहिलेसम्म ७९ संक्रमित फेला परेको ग्लोबल टाइम्सले बताएको छ । त्यस्तै, लियाओनिङ, हपेई र सिचुवान प्रान्तमा पनि बेइजिङबाट फर्किएका मानिसहरूमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

चिनियाँ उपप्रधानमन्त्री सुन चुनलाङले मुलुकमा कोरोना भाइरस नियन्त्रणको लागि निर्णायक कदम चालिने बताएकी छिन्। साथै उनले आगामी दिनमा चीनमा कोरोना भाइरसको संक्रमण बढ्न सक्ने चेतावनी पनि दिएकी छिन् ।

यसअघि बिहीबार बेइजिङमा एक संक्रमित फेला परेका थिए भने त्यसको भोलिपल्ट ६ संक्रमित फेला परेका थिए । नयाँ संक्रमित भेटिएसँगै सिज्फाडी मार्केट र त्यसको आसपासका ११ क्षेत्रमा लकडाउन घोषणा गरिएको थियो । सोमबार थप १० क्षेत्रमा लकडाउनको घोषणा गरिएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

साथै, यो बजारका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा बेइजिङमा नयाँ संक्रमित भेटिन सुरु गरेका हुन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment