
१ असार, सप्तरी । सप्तरीमा एक वर्षअघि बालिकालाई बलात्कार गरी फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका-७ स्थित लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयको प्राङ्गणमा १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका व्यक्तिलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
२०७६ साल असार १८ गते राति १० बजेको समयमा १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ७ बस्ने ३७ वर्षीय शिवशंकर मण्डललाई पक्राउ गरिएको हो ।
मण्डलले विद्यालयमा मजदुरी गर्न आएकी बालिकालाई मदिरा सेवन गराई लठ्याएर बलात्कार गरेको प्रहरीको भनाइ छ ।
विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गराई अन्य अनुसन्धान थालिएको सप्तरी प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4