१ असार काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आपकालीन बैठक स्थगित भएको छ । सोमबार हुने भनिएको आपतकालीन समितिको बैठक स्थगित भएको एन्फाले जनाएको छ ।
मानार्थ अध्यक्षयलगायतय विभिन्न ३ एजेन्डामा आजको बैठक बस्ने तय थियो । तर समितिका एक सदस्य रहेका एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्वाङ स्वास्थ्यका कारण बैठकमा उपस्थित हुन नसकेपछि आपतकालिन बैठक स्थगित भएको हो ।
एन्फाले अब मंगलबार कार्यसमितिको आकस्मिक बैठक गर्ने जनाएको छ । जसमा सबै कार्यसमितिको सदस्यलाई बोलाइएको एन्फाल जनाएको छ । बैठक मगलबार दिउँसो २ बजे बस्नेछ ।
प्रतिक्रिया 4