
१ असार, रौतहट । रौतहटमा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जनस्वास्थ्य कार्यालय रौतहटका अनुसार सोमबार ४ जना महिलासहित ९८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै रौतहटमा संक्रमित हुनेको संख्या ८६९ पुगेको छ ।
सोमबार थपिएका संक्रमितहरुमा इशनाथका ३३, यमुनामाईका ४७, राजदेवीका ९, राजपुरका ८ र फतुवा बिजयपुरका १ जना छन् ।
इशानाथमा संक्रमित हुनेमा २ जना महिला र ३१ जना पुरुष छन् भने यमुनामाईमा एक जना महिला र ४६ जना पुरुष छन् । यस्तै राजदेवीमा एक जना महिला र ८ जना पुरुष, राजपुरमा ८ जना पुरुष र फतुवा विजयपुरका एक जना पुरुष छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4