+
+
Shares

बलिउडकर्मीलाई कंगनाको प्रश्न–‘सुशान्तको आत्महत्या हो या योजनाबद्ध हत्या ?’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते ७:५६

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनको घटनासँगै बलिउडमा फेरि एकपटक ‘परिवारवाद’को विषयले चर्चा पाएको छ। चलचित्र क्षेत्रभन्दा बाहिरबाट आएका कलाकारलाई बलिउडले महत्व नै नदिने भएकाले धेरै कलाकार डिप्रेसनमा जाने र कतिपयले आत्महत्याको बाटो अपनाउने गरेको टिप्पणी भइरहेको छ ।

नायिका कंगना रनावतले यो विषयमा भिडियो सार्वजनिक गर्दै आक्रोश व्यक्त गरेकी छन् । उनले भनेकी छन्–‘सुशान्तले दर्शकलाई आफ्नो चलचित्र हेरिदिन आग्रह गरिरहेका थिए । उनलाई चलचित्र क्षेत्रले आफ्नोपनको आभाष नै गराउन सकेन । ‘छिछोरे’ जस्तो चलचित्रले कुनै अवार्ड पाउँदैन, गल्ली ब्वाई जस्तो बकवास चलचित्रले अवार्ड पाउँछ ।’

कंगनाले अगाडि भनिन्–‘हामीलाई यो चलचित्र नगरीबाट केही पनि चाहिएको छैन । तर हाम्रो कामको मूल्याङ्कन किन हुँदैन ?’ कंगनाले आफूले निर्देशन गरेको हिट चलचित्रलाई पनि जर्बजस्ती फ्लप भन्ने गरेको भन्दै मूल्याङ्कन नहुने गरेको बताएकी छिन्।

कंगनाले सुशान्तको निधनबारे प्रश्न उठाउँदै भनेकी छिन्–‘यो आत्महत्या थियो या योजनाबद्ध हत्या ?’

चलचित्र क्षेत्रका केही चलचित्रकर्मी र केही पत्रकारले ‘यो क्षेत्रमा तिम्रो केही काम छैन’ भन्ने गरेको र सुशान्तले यो कुरा मानेको कंगनाले बताएकी छिन् । आक्रोशित कंगनाले फेरि एक पटक बलिउडमा ‘परिवारवाद’ हाबी भएको भन्दै अन्य कलाकारको कामको मूल्यांकन हुन नसकेको टिप्पणी गरेकी छन् ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?