+
+
Shares

अमेरिकाका चार शहरबाट नेपालका लागि ४ चार्टर्ड उडान हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते १२:५५

२ असार, काठमाडौं । अमेरिकाबाट तत्काल जानै पर्ने नेपालीलाई ल्याएर चार वटा शहरबाट जहाज आउने भएका छन् । वासिङ्टन डिसीस्थित नेपाली दूतावासले यस्तो जानकारी गराएको हो ।

नेपाल आउने नागरिकलाई न्यूयोर्क, सिकागो, वासिंटन डिसी र डल्लासबाट चार्टर्ड उडानमार्फत नेपाल ल्याइने भएको हो । दूतावासका अनुसार टर्कीस र कतार एयरवेजले नेपालीलाई बोकेर नेपाल ल्याइने भएको छ ।

दूतावासका अनुसार जुन २३ तारीखमा टर्किस एयरलाइन्सले न्यूयोर्क र कतार एयरवेजेले वासिंटन डिसीबाट नेपालीलाई ल्याउने भएको छ । २५ जुनमा भने टर्किसले सिकागो र कतारले डल्लासबाट नेपालीलाई बोकेर नेपाल आउने भएको छ । दूतावासका अनुसार कतारले प्रतिव्यक्ति १६०० र टर्किसले १५३७ डलरमा नेपालका लागि चार्टर्ड उडान गर्ने भएका छन् ।

दूतावासले नेपाल फर्कन अनलाइनबाट फारम भरेका नेपालीलाई सम्बन्धित वायुसेवासँग सम्पर्क गरी टिकट लिनसमेत आग्रह गरेको छ । हवाई यात्राका दौरानसबै नेपालीको कोभिड टेस्ट भई नेगेटिभ रिर्पोट आएको हुनुपर्ने शर्त राखिएको छ ।

नेपाल पुगिसकेपछि सरकारले तोकेको अवधिसम्म क्वारेन्टिनमा बस्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?