+
+
Shares

उत्तर कोरियाद्वारा दक्षिणसँगको संयुक्त सम्पर्क कार्यालय ध्वस्त

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २ गते १३:४०

२ असार, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियासँगको संयुक्त सम्पर्क कार्यालय ध्वस्त पारेको छ । सीमावर्ती सहर काइसोङनजिकै रहेको यो कार्यालय उत्तर कोरियाले ध्वस्त पारेको दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।

उत्तर कोरियाले दक्षिण कोरियाविरुद्ध सैन्य कदम चाल्ने चेतावनी दोहोर्‍याएको केही घण्टामा नै यस्तो समाचार आएको हो । सन् २०१८ मा दुई कोरियाको बीचमा सम्पर्कको लागि यो क्षेत्र मर्मत गरिएको थियो ।

पछिल्लो केही सातादेखि दुई मुलुकको बीचमा तनाव बढेको छ । दक्षिण कोरियाली डिफ्याक्टर समूहले आफ्नो प्रचार सामग्रीहरु उत्तर कोरियामा लगेपछि उनीहरुको बीचमा तनावको अवस्था सिर्जना भएको हो ।

उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले यसअघि नै यो कार्यालय ध्वस्त पार्ने चेतावनी दिइसकेकी थिइन् । न्योन्हाप समाचार एजेन्सीले काइसोङमा रहेकेा औद्योगिक पार्कनजिकै विष्फोट र धुँवा देखिएको उल्लेख गरेको छ । उक्त औद्योगिक पार्क दुई मुलुकले स्थापना गरेका थिए । तनाव बढेसँगै यो पार्क बन्द रहँदै आएको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?