Comments Add Comment

कोरोना रोकथाममा गम्भीर बन्न कर्णाली सरकारलाई काँग्रेसको सुझाव

स्थानीय तहमा बजेट बढाउन माग

२ असार, सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि कर्णाली सरकारलाई गम्भीर भएर काम गर्न आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको नेतृत्वमा गएको टोलीले मंगलबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो ।

काँग्रेसले कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी प्रदेशलाई यो विपदबाट जोगाउन परीक्षणको दायरा बढाउन मागमसेत गरेको छ ।

संक्रमणका आधारमा प्रत्येक स्थानीय तहलाई न्यूनतम एक करोडदेखि ३ करोडसम्म बजेट उपलब्ध गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको नेता शाहीले बताए । कोरोना नियन्त्रणमा गम्भीर बन्न र परीक्षणको दायरा वृद्धि गर्नसमेत ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

कोभिड-१९ को प्रकोप नियन्त्रण, यसका अल्पकालीन र दिर्घकालीन नकरात्मक प्रभाव न्यूनीकरण, जनताहरुलाई विपदबाट जोगाउन कांग्रेस संसदीय दलले प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै २२ बुदे सुझावसमेत दिएको छ ।

अनावश्यक देखिएका फजुल खर्चहरु, अनुदानका नाममा बाँडिने बजेटहरुलाई तुरुन्त कटाइ कोरोना नियन्त्रण र रोकथाममा लगाउनु पर्ने, स्वास्थ्यकर्मीलाई आवश्य स्वास्थ्य सामाग्रीको व्यवस्था गर्नुपर्ने, प्रतिजिल्ला कम्तिमा २ वटा कोरनाका लागि एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने,अत्याधिक संक्रमण देखिएका पालिकालाई सिल गरी प्रदेशका सम्पूर्ण नागरिकको स्वास्थ्य परीक्षण गर्नुपर्ने लगायतका सुझाव दिएको नेता शाहीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment