Comments Add Comment

ब्राजिलमा एकैदिन भेटिए करिब ३५ हजार कोरोना संक्रमित

मृत्यु हुनेको संख्या ४५ हजार नाघ्यो

३ असार, काठमाडौं । ब्राजिलमा एकैदिन कोरोना भाइरस (कोभिड–१९) का करिब ३५ हजार नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ३४ हजार ९१८ नयाँ संक्रमित फेला परेका हुन् ।

ब्राजिलको लागि यो एकैदिनमा भेटिएका अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमितको संख्या हो । यससँगै ब्राजिलमा कोरोना भाइरस संक्रमितको संख्या नौ लाख २३ हजार १८९ पुगेको छ ।

त्यस्तै कोरोना भाइरसको कारण ब्राजिलमा मृत्यु हुनेको संख्या पनि ४५ हजार नाघेको छ । अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसको कारण ४५ हजार २४१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २८२ जनाको मृत्यु भएको हो ।

ब्राजिलमा लकडाउन खुकुलो बनाइएसँगै कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा प्रभावित मुलुक हो ।

ब्राजिलका वरिष्ठ अधिकारीले ब्राजिलमा कोरोना भाइरस नियन्त्रणमा रहेको अभिव्यक्ति दिएकै दिन ब्राजिलमा कोरोना भाइरसका सबैभन्दा धेरै संक्रमित फेला परेका छन् ।

स्रोत : सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment