+
+
Shares

कोरोना संक्रमण बढेसँगै बेइजिङका हजारभन्दा बढी उडान रद्द

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १३:३८

३ असार, काठमाडौं । चीनको राजधानी बेइजिङमा कोरोना भाइरसको संक्रमण बढेसँगै सहरका प्रमुख दुई एयरपोर्टको एक हजार २५५ आन्तरिक र बाह्य उडान रद्द भएका छन् । चाइना डेल्लीका अनुसार बेइजिङ क्यापिटल र बेइजिङ ड्यासिङ इन्टरनेशनल एयरपोर्टका उडानहरु रद्द गरिएको हो ।

मंगलबार बेइजिङमा संक्रमणको जोखिमको आधारमा लअर्ट लेभल ३ बाट बढाएर लेभल २ बनाइएको छ । सबैभन्दा जोखिम रहेको स्थानमा लेभल १ लकर्ट जारी गरिन्छ ।

पछिल्लो पाँच दिनमा बेइजिङमा एक सयभन्दा धेरै कोरोना संक्रमित भेटिएसँगै नरम किसिमको लकडाउन घोषणा गरिएको छ । बुधबार पनि बेइजिङमा कोरोना भाइरसका ३१ नयाँ संक्रमित भेटिएका छन् । यससँगै पछिल्लो पाँच दिनमा बेइजिङमा भेटिएका संक्रमितको संख्या १३७ पुगेको छ ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?