
३ असार, काठमाडौं । क्वारेन्टिन स्थलमा प्रवेश गरी अभद्र व्यवहार गरेको आरोपमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पटेर्वासुगौली–५ बस्ने २८ वर्षीय श्रीराम चमार, २६ वर्षीय रामबालक हजरा दुसाद र अर्का ३२ वर्षका एक पुरुष छन् ।
मादक पदार्थ सेवन गरी तीनै जनाले पटेर्वासुगौली–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय निचुटामा रहेको क्वारेन्टिन स्थलमा प्रवेश गरी अभद्र व्यवहार गरेको प्रहरीको आरोप छ ।
मादक पदार्थ सेवन गरी हो–हल्ला गर्दै क्वारेन्टिनभित्र छिरेका उनीहरुलाई प्रहरीले सम्झाईबुझाई गरी फर्काउन खोज्दा उल्टै प्रहरीलाई नै गालीगलौज गर्दै अभद्र व्यवहार गरेको पर्सा प्रहरीले जनाएको छ ।
तीनै जनालाई नियन्त्रणमा लिएर सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4