+
+
Shares

सीमामा मृत्यु भएका वीरेन्द्र यादवको परिवारलाई प्रदेश सरकारको ५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १६:४४

३ असार, जनकपुरधाम । प्रदेश २ सरकारले भारतबाट फर्किँदा सीमा नाकामा मृत्यु भएका धनुषाका वीरेन्द्र यादव र प्रहरीको थुनुवा कक्षभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भु सदाको परिवारलाई जनही ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

बुधबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले वीरेन्द्र यादव र शम्भु सदाको परिवारलाई ५/५ लाखका दरले सहयोग उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

भारतबाट आउने क्रममा धनुषाको शहीद नगरपालिकाका वीरेन्द्र यादवको गत जेठ १४ गते जटही नाकामै मृत्यु भएको थियो । लामो समयदेखि भोकै रहेका उनको बेहोस भएर सीमामै मृत्यु भएको थियो ।

यस्तै, सवारी ज्यान मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका धनुषाकै सबैला नगरपालिका बरकुवाका २२ बर्षीय शम्भु सदा जेठ २८ गते इलाका प्रहरी कार्यालय सबैलाको थुना कक्षभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

शम्भु सदाले आत्महत्या गरेको प्रहरीले बताए पनि उनको परिवारले हत्या गरेको बताउँदै आएका छन् । घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय, धनुषाले चार सदस्यीय समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?