Comments Add Comment

एप स्टोरको वार्षिक आम्दानी पाँच खर्ब डलर

अमेरिकी कम्पनी एप्पलको एप स्टोरले एक वर्षमा ५ खर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

एनालिसिस ग्रुपले गरेको एक अध्ययन अनुसार एप स्टोरको प्रणालीबाट सन् २०१९ मा विश्वभरमा गरी पाँच खर्ब १९ अर्ब डलरको व्यापारको सिर्जना भएको छ । एप स्टोरबाट सिर्जित यस्तो ठूलो परिमाणको अर्थतन्त्रले एप प्लाटर्फम विश्वका सबैखालका व्यवसायका लागि कति महत्वपूर्ण छ भन्ने समेत देखाएको अध्ययनको निष्कर्ष छ ।

सन् २००८ मा आइफोन एप्लिकेसन तथा गेम्सको माकेटप्लेसको रुपमा लञ्च भएको एप स्टोर पछि आइप्याडमा पनि उपलब्ध भएको थियो ।

पछिल्लो २० वर्षमा एप स्टोर विशाल इ कमर्श तथा सफ्टवेयर प्लाटर्फमको रुपमा स्थापित भएको छ ।

एप्पलको तथ्यांक अनुसार एप स्टोरमा उपलब्ध हुने एप्लिकेसन तथा गेम निर्माताहरुलाई एप्पल प्रदान गर्ने प्रत्यक्ष कमिसनको मात्रा एप स्टोरले गरेको व्यापारको निकै सानो हिस्सा मात्र हो ।

एप स्टोर सिर्जित व्यापारको अधिकांस हिस्सा वस्तु तथा सेवाको बिक्रीबाट आउने गरेको छ । जसमध्ये भौतिक वस्तुको बिक्रीबाट ४ खर्ब १३ अर्ब, डिजिटल वस्तु तथा सेवाको बिक्रिबाट ६१ अर्ब डलर आम्दानी भएको छ । त्यस्तै एपभित्रका विज्ञापनबाट एप्पलले ४५ अर्ब डलर कमाएको छ ।

पछिल्लो समय कोरोना भाइरस महामारीको लकडाउनका कारण विश्वमा इ कमर्श प्लाटर्फमहरुको व्यापार चम्किएको छ । यसको प्रत्यक्ष फाइदा एप्पलको एप स्टोरलाई पनि भएको छ ।

एप्पल सीईओ टिम कुकका अनुसार महामारीका कारण चुनौतीपूर्ण, सकसपूर्ण तथा परिवर्तित भैरहेको दुनियाँमा मानिसहरुलाई शीघ्र अनुकूलित बनाउनका लागि एप स्टोरले उद्यमशीलता, स्वास्थ्य तथा तन्दुरुस्ती, शिक्षा र रोजगारी सिर्जनाका लागि अवसर प्रदान गरिरहेको छ ।

साथै एप्पलले विश्वव्यापी एप स्टोर समुदायलाई सम्वृद्ध बनाउन र सहयोग गर्नका लागि प्रभावकारी कदम चाल्ने तथा विश्वमा अन्वेषणमा वृद्धि, आर्थिक वृद्धि तथा रोजगारी सिर्जनामा सहयोग गर्ने पनि उनले बताएका छन् ।

एप निर्माता तथा व्यवसायीहरुलाई अन्य प्लाटर्फमको तुलनामा एप स्टोरतर्फ आकर्षित  गर्ने नीति पनि एप्पलले लिएको छ ।

स्मरणरहोस्, मोबाइल एप्लिकेसन स्टोरको बजारमा एन्ड्रोइडको गुगल प्ले स्टोरको बजार हिस्सा अत्यधिक भएता पनि एप्लिकेसन स्टोरबाट हुने आम्दानीमा चाहिँ एप स्टोर गुगल प्लेभन्दा निकै अगाडि छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment