Comments Add Comment

६ महिनादेखि बन्द केरुङ नाका एकतर्फी खुल्ने

३ असार, काठमाडौं । करिब ६ महिनादेखि बन्द अवस्थामा रहेको रसुवास्थित चीन र नेपालबीचको केरुङ नाका खुला हुने भएको छ । ठूलो संख्यामा ट्रक, कन्टेनरहरु नाकामै रोकिएको भन्दै सरकारले केही महिना यता नाका खुलाउन पहल गरिरहेको थियो ।

चिनियाँ पक्ष सहमत नहुँदा नाका खुल्न सकेको थिएन । एकतर्फी नाका खुलाउन भने चिनियाँ पक्ष सहमत भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले जानकारी दिए ।

मन्त्रालयका द्विपक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख सहसचिव नवराज ढकालले पनि नाका खुलाउनका लागि आधिकारिक निर्णय आइसकेको बताए ।

‘अफिसियल्ली निर्णय आइसकेको छ, अबको केही दिनभित्रै सामानहरु नेपाल आउन थाल्नेछन्’ सहसचिव ढकालले भने । तर त्यसअघि कसरी सामग्रीहरु भित्र्याउने भन्ने विषयमा मोडालिटी तयार गरिनेछ । अब नाका रहेको स्थानीय तहका जनप्रतिनिधिसमेतलाई राखेर छलफल गरेर मोडालिटी टुंगाउने उनले बताए ।

अब केरुङ नाका हुँदै चीनबाट नेपालतर्फ सामान आउनेछ भने नेपालबाट पठाउन भने मिल्ने छैन ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले चिनियाँ पक्षले सामान पठाए वारी पट्टि भने समस्या नरहेको बताए । उताबाट सामान आए यता ल्याब टेष्ट, लगायतका सम्पूर्ण तयारी गरिसकिएकाले समस्या नहुने महानिर्देशक दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment