+
+
Shares

महोत्तरीको सम्सी गाउँपालिका ७२ घण्टाका लागि सिल

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३ गते १८:५२

३ असार, जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिका बुधबार (आज) राति १२ बजेदेखि ७२ घण्टाका लागि पूर्णरुपमा सिल गरिने भएको छ ।

यस गाउँपालिकामा बुधबार एकैदिन १८२ जनामा काेरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सम्पूर्ण क्षेत्र बुधबार राति १२ बजेदेखि सिल गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । यसअघि पनि सम्सी गाउँपालिकामा ९१  जनामा संक्रमण पुष्टि भएको थियो ।

प्रजिअ कटुवालले भने, ‘एउटै गाउँपालिकाभित्र रहेका विभिन्न क्वारेन्टिनमा बसेका मध्ये २७३ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितको संख्यामा एक्कासी वृद्धि आएका कारण संक्रमण फैलिन नदिन बुधबार राति १२ बजेदेखि असार ६ गते राति १२ बजेसम्मका लागि सिल गर्ने निर्णय भएको छ ।’

जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र महोत्तरीको बुधबार बसेको बैठकले आगामी असार ६ गते राति १२ बजेसम्मका लागि गाउँपालिकालाई पूर्ण रुपमा सिल गर्ने निर्णय भएको कार्यालयका सूचना अधिकारी कामेश्वर यादवले जानकारी दिएका छन् ।

यादवका अनुसार अति आवश्यक सेवा औषधि पसल, एम्बुलेन्स, स्वास्थ्य सेवा, मृत्यु संस्कार बाहेक सम्पूर्ण क्रियाकलाप निषेध हुने गरी पूर्ण रुपमा सिल गरिएको छ ।

महोत्तरीमा बुधबार २०० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५०८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?