४ असार, काठमाडौं । कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको युरो २०२० सुरुको योजना अनुसार नै १२ शहरहरूमा हुने भएको छ । युइएफए कार्यसमितिको बुधबार बसेको भिडियो कन्फ्रेन्स मिटिङपछि प्रतियोगिता युरोपका १२ फरक-फरक शहरमा आयोजना गर्ने पक्का भएको हो ।
यसै वर्ष जुन जुलाईमा तय भएको युरो २०२० कोरोनाको कारण एक वर्ष पछि सरेको हो ।
युइएफएले परिवर्तित खेलतालिका पनि स्वीकृत गरेको छ । युरो २०२० कै नामबाट प्रतियोगिता अर्को वर्ष जन ११ देखि जुलाई ११ सम्म हुनेछ ।
समह ए का खेलहरु रोम र बाकुमा हुनेछ भने समूह बी का खेलहरु कोपनहेगन र सेन्ट पिटर्सवर्गमा खेलाइनेछ । यस्तै समूह सी को खेल आम्सटरडम र बुखारेस्टमा हुनेछ भने समूह डी को खेल लण्डन र ग्लास्गोमा हुनेछ । समूह इ को खेल विल्वाओ र डब्लिनमा हुनेछ भने समूह एफको खेल म्युनिख र बुढापेस्टमा खेलाइनेछ ।
युरोकप खेल्ने २४ राष्ट्र मध्ये ४ राष्ट्रको छनोट हुन बाँकी छ । त्यसका लागि प्लेअफ खेल खेलाइनेछ ।
फाइनल खेल जुलाई ११ मा लण्डनमा हुनेछ ।
 
                    










 २०७७ असार  ४ गते ७:३४
                        २०७७ असार  ४ गते ७:३४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4