Comments Add Comment

कोरोनाको घेरामा फिल्म क्षेत्र, चर्चामा रुमल्लिँदै कलाकार

नेपाल सरकारले कोरोनाका कारण लकडाउन गरेपछि अब चलचित्र क्षेत्र कसरी माथि उठ्छ भन्ने चिन्ता केही चलचित्रकर्मीलाई छ । केही चलचित्रकर्मीहरू कोरोनापछि कसरी चलचित्र क्षेत्रलाई माथि लैजान सकिन्छ भन्ने बहसमा छन्। केही पनि आफ्नो व्यवसायलाई कसरी नाफामा परिवर्तन गर्न सकिन्छ भन्ने धुनमा छन् ।

भूकम्पले थला पारेर बिस्तारै उठ्दै गरेको चलचित्र क्षेत्रलाई कोरोनाले नराम्रोसँग सुताइदिएको छ । भूकम्पको भन्दा ठूलो क्षति कोरोनाका कारण चलचित्र क्षेत्रले भोगेको छ । यसैले अब चलचित्र क्षेत्रलाई परिवार सम्झने हो भने सबैले आ-आफ्नो तर्फबाट सोच्न आवश्यक छ।

कोरोनापछि कसरी चलचित्र क्षेत्रलाई अगाडि लैजान सकिन्छ भन्ने बहसमा थोरै मात्र चलचित्रकर्मीहरूको चासो छ । धेरै कलाकार यो बीचमा चर्चाकै पछि लागे । लकडाउनको समयमा उठेका विभिन्न मुद्दाको पछि लागेर कलाकारहरूले एकले अर्कालाई आरोप लगाए, भाइरलम्यान बन्ने प्रयासमा केही कलाकार लागे ।

चलचित्र बनेन भने सबैभन्दा घाटा कलाकारलाई नै हुने हो । तर कलाकारहरू कहिले परिवारवादको मुद्दामा अल्झिएका छन् भने कहिले व्यक्तिगत झगडामा । अझ भनौं केही कलाकारले चलचित्र क्षेत्रलाई लकडाउनको समयमा त तमासा नै बनाइदिएका थिए ।

व्यक्तिगत समस्या, दुस्मनी साँध्ने र मिडियाका गसिपमा रमाउने समय अरू पनि छ र आउँछ पनि । तर यो बेला सिङ्गो चलचित्र क्षेत्रको विषयमा सोच्ने बेला हो । एउटा कुरा के स्पष्ट छ भने, यो वर्ष निकै कम चलचित्र बन्ने पक्का छ । यसको असर अर्को वर्ष पनि पर्ने निश्चित छ।

यो समयमा एकले अर्कालाई कसरी सहयोग गर्न सकिन्छ र काम गर्न सकिन्छ भनेर सोच्नु पर्ने बेला हो । तर के चलचित्रकर्मी यही सोचका साथ अगाडि बढेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment