+
+
Shares

महानगरले कर्मचारी तथा जनप्रतिनिधिलाई साइकल किन्न अनुदान दिने

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ४ गते १८:१२

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारी र जनप्रतिनिधिलाई साइकल खरिदमा अनुदान दिने भएको छ ।

काठमाडौं महानगरपालिकामा साइकलको प्रयोगलाई प्रोत्साहित गर्ने भन्दै यस्तो नीति ल्याउने बताएको हो । भौतिक दुरी कायम गर्न समेत सजिलो हुने र कम खर्चिलो समेत हुने भएकाले साइकल प्रयोगलाई प्रोत्साहन गरिने महानगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकाले सम्पदा क्षेत्रलाई पर्यटकीय हव बनाउने घोषणालाई भने फेरि दोहोर्‍याएको छ । हनुमानढोका, स्वयम्भु, बौद्ध र पशुपति क्षेत्रमा विशेष कार्यक्रम ल्याउन नीति राखेको छ ।

महानगरपालिकाले ‘हप अन हप अफ’ बस सञ्चालनको नारा फेरि पनि राखेको छ । कोरोना भाइरसबाट सबैभन्दा नराम्रोसँग प्रभावित भएको पर्यटनलाई पुरानै अवस्थामा फर्काउन सरोकारवाला निकायसँगको समन्वयमा कार्यक्रम सञ्चालनको योजना समेत आगामी आवको नीति तथा कार्यक्रममा समेटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?