Comments Add Comment

चीन–भारत झडपबारे अमेरिकाको पहिलो प्रतिक्रिया सार्वजनिक

अमेरिकी विदेशमन्त्री माइक पोम्पियो

५ असार, काठमाडौं । चीन र भारतबीच गलवान उपत्यकामा भएको झडपबारे अमेरिकाले पहिलो पटक प्रतिक्रिया सार्वजनिक गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीट गरेर भारतप्रति समवेदना व्यक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्री पोम्पियोले लेखेका छन्, ‘हामी चीनसँग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । शोकको यो समयमा हामी ती सैनिकका परिवार, उनका आफन्तजन र समुदायको स्मरण गर्दछौं ।’

भारत र चीनको सीमा क्षेत्र गलवान उपत्यकामा गत सोमबार दुवै देशका सैनिकबीच भएको हिंसात्मक झडपमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो । चीनतर्फको क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।

चीनसँग सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका

माइक पोम्पियो र यांग जिची

भारत र चीनबीच तनावको वातावरणका बीच अमेरिकाले चीनसँग आफ्नो सम्बन्ध सुधार्ने कोसिस पनि गरिरहेको बीबीसीले लेखेको छ । गत बुधबार हवाईमा अमेरिकी विदेशमन्त्री पोम्पियोले चीनका वरिष्ठ कुटनीतिज्ञ यांग जिचीसँग सात घण्टासम्म डिनरसहित बैठक गरेका थिए ।

अमेरिका र चीन दुवै देश तनावलाई थप बढ्न दिन नचाहेको रुपमा पनि यो बैठकलाई लिइएको छ । चीनले यो छलफललाई रचनात्मक भनेको छ ।

यांगले अमेरिकालाई हङकङ, ताइवान र शिन्जियाङमा दखल नदिन भनेका छन् । किनभने यो चीनको आन्तरिक मामिला हो ।

साथै पोम्पियोले कोरोना भाइरस संक्रमणको महामारीसँग सम्बन्धित सूचना पारदर्शी बनाउन भनेको बीबीसीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment