Comments Add Comment

सैनिक कल्याणकारी बाेर्डमा सीईओको जागिर खुल्यो

५ असार, काठमाडौं । नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले विभिन्न पदपूर्तिका लागि दर्खास्त दिन सूचना जारी गरेको छ ।

कल्याणकारी बोर्ड, महाराजगञ्जको लागि प्रमुख कार्यकारी अधिकृतदेखि पेट्रोल पम्पमा प्रबन्धकसम्मका पद रिक्त भएपछि सेनाले पदपूर्ति सम्बन्धी सूचना जारी गरेको हो ।

जसअनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र कल्याणकारी योजना निर्देशनालयमा सम्पर्क गर्न भनिएका छ । सेनाका अनुसार कल्याण्कारी बोर्डमा प्रमुख कार्यकारी अधिकृतका लागि योग्यता अवकाश प्राप्त रथी वा उपरथी हुनुपर्नेछ । लघुवित्त शाखा प्रमुखका लागि अवकाश प्राप्त महासेनानी हुनुपर्नेछ ।

इपिसेन्टर कार्यालय, पोखराको कार्यालय प्रमुखका लागि पनि अवकाश प्राप्त महासेनानी अथवा प्रमुख सेनानी मागिएको छ । कल्याणकारी योजना निर्देशनालय, जंगीअड्डाका लागि सेनाबाट अवकाश प्राप्त लेखा अधिकृत र अवकाश प्राप्त माउसे वा सुक माग गरिएको छ ।

सुन्दरीजल मिनिरल वाटर प्लाण्ट, सुन्दरी जलका लागि अवकाश प्राप्त महासेनानी वा प्रमुख सेनानी माग गरिएको छ । रिपुमर्दिनी पेट्रोल पम्प, बुटवलका लागि प्रबन्धक अवकाश प्राप्त महासनानी वा प्रमुख सेनानी, रिपुमर्दिनी पेट्रोल पम्प, खैरेनीटारका लागि अवकाश प्राप्त प्रमुख सेनानी माग गरिएको छ ।

सबै कर्मचारी करारमा एक वर्षका लागि माग गरिएको हो । यससम्बन्धी विस्तृत विवरण सेनाको वेवसाइटमा पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment