बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपश्चात यतिबेला सिङ्गो बलिउडमा नै परिवारवादको चर्चा फेरि सुरु भएको छ । सुशान्तका फ्यान उनको निधनको पछाडि परिवारवादलाई महत्व दिने निर्माता र कलाकारको हात रहेको बताउँछन् । यो मुद्दामा सबैभन्दा अगाडि निर्माता करण जोहरको नाम आएको छ ।
करणले निर्माण गरेको चलचित्र ‘ड्राइभ’मा सुशान्तले काम गरेका थिए । यो चलचित्रलाई केही वर्ष रिलिज गरिएन । पछि करणले यसलाई डिजिटल रिलिज गरे। सुशान्त करणको यो काम गर्ने शैलीबाट दिक्क भएको बताइन्छ ।
बिहारमा करण जोहर, सलमान खानसहित विभिन्न ७ जना बलिउडकर्मीविरुद्ध मुद्दा समेत दायर गरिएको छ। यी सबै कुराहरू चलिरहेको समयमा निर्माता करण जोहरले आफ्नो फोन नम्बर परिवर्तन गरेको भारतीय मिडियाले उल्लेख गरेका छन्।
साथै, करणले आफ्नो ट्विटरबाट आलिया भट्ट, बरुण धवन, सिद्धार्थ मल्होत्राजस्ता कलाकारलाई अनफलो गरेका छन् । उनले जम्मा ७ जनालाई मात्र फलो गरेका छन् ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा करणलाई अनफलो गर्नेहरूको संख्या तीन लाखभन्दा बढी पुगेको छ ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4