Comments Add Comment

सोनुको आक्रोश–‘फिल्ममा भन्दा ठूला माफिया म्युजिक क्षेत्रमा छन्’

बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपश्चात ‘परिवारवाद’ र ‘समूहवाद’को विरोध भइरहेको छ । केही चलचित्र निर्माण कम्पनीले ‘परिवारवाद’ र ‘समूहवाद’ हाबी बनाएको आरोप दर्शक र केही बलिउडकर्मीले लगाइरहेका छन् ।

विभिन्न प्रोडक्सनको निर्माणमा बन्न लागेका ७ वटा चलचित्रबाट बाहिरिएपछि सुशान्त डिप्रेसनमा पुगेको खबर पनि सार्वजनिक भइरहेका छन् । प्रहरीले यो विषयमा अनुसन्धान पनि सुरु गरेको छ ।

अब, नायक सोनु निगमले चलचित्र नगरीमा मात्र नभएर स‌ंगीतको नगरीमा भने यस्तै कुनै गायक-गायिका वा गीतकार, संगीतकारको आत्महत्याको खबर सुन्नुपर्ने चेतावनी दिएका छन् ।

सोनु भन्छन्–‘म म्युजिक इन्डस्ट्रीसँग यो निवेदन गर्न चाहन्छु कि, आज सुशान्त सिंह राजपुत मरेका छन् । एक नायक मरेका छन् । के थाहा, भोलि म्युजिक क्षेत्रकै कुनै गायक वा गायिकाले आत्महत्या गरेको खबर सुन्न सक्नुहुन्छ कि ?’

सोनुले चलचित्रमा भन्दा ठूला माफिया म्युजिक क्षेत्रमा रहेको बताएका छन् । उनले सबैले आफ्नो व्यापार गर्न आवश्यक रहे पनि नयाँ प्रतिभालाई अवसर नदिएको भन्दै म्युजिक क्षेत्रको आलोचना गरेका छन् ।

सोनु भन्छन्–‘मलाई कैयौं नयाँ प्रतिभाहरू भन्ने गर्छन् कि हामीसँग संगीतकार, गीतकार काम गर्न चाहन्छन् । तर म्युजिक कम्पनीहरूले आफ्ना कलाकार नभएको भन्दै काम गर्न मन गर्दैनन् ।’

उनले म्युजिक क्षेत्रलाई केही कम्पनीले बन्धक बनाएको भन्दै यसो नगर्न र नयाँलाई पनि अवसर दिन आग्रह गरेका छन् । उनले म्युजिक क्षेत्रमा २ वटा कम्पनीको मात्र राज चलेको भन्दै उनीहरूको इसारामा कलाकारले गीत गाउनुपर्ने बताएका छन् ।

उनले आफू यो तनावबाट बाहिर आइसकेको बताउँदै भनेका छन्–‘तर मैले नयाँ गायक, गायिका, संगीतकार, गीतकारको आँखा उदास देखेको छु । उनीहरू कहिलेकाहीँ खुलेरै रुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment