
५ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस वर्षको अन्तिमसम्ममा कोरोना भाइरस (कोभिड-१९) को हजारौं डोज उपलब्ध हुने बताएको छ ।
यसबाट निकै कमजोर र सबैभन्दा प्रभावित मानिसहरुलाई बचाउन सकिने बताएको छ ।
अहिलेसम्म कोरोना भाइरसको कुनै खोप बनेको छैन । तर, डब्ल्यूएचओकाी वैज्ञानिक सौम्या स्वामीनाथनका अनुसार विश्वभर अहिले दुई सयभन्दा धेरै सम्भावनाको विषयमा काम भइरहेको र करिब १० खोपको मानिसमाथि प्रयोग चलिरहेको बताएकी छिन् ।
स्वामीनाथनलेले खोप निर्माण गर्नु एक जटिल काम रहेको बताउँदै यस विषयमा धेरै आशंका र धेरै राम्रो कुराहरु पनि हुने गरेको बताइन् ।
उनले एकपटकमा सफल हुन नसके फेरि फेरि पनि प्रयास गर्ने तर हार नमान्ने उनको भनाइ छ । उनले सबैकुरा सही चल्दै गएको खण्डमा यो वर्षको अन्तिमसम्ममा एक वा दुई सफल खोप आउने बताइन् ।
सुरुमा यो खोप फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरु र सबैभन्दा गम्भीर बिरामीहरुलाई दिइने स्वामीनाथनको भनाइ छ ।
स्रोत :बीबीसी
प्रतिक्रिया 4