
५ असार हेटौंडा । मकवानपुरको मनहरि गाउँपालिकास्थित हाँडीखोलाको लामिटार क्वारेन्टिनमा रहेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएकाहरूको चार दिनअघि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।
मनहरि गाउँपालिका-१, का दुई, ४ का दुई र ७ का एक पुरुषमा पोजेटिभ देखिएको छ भने मनहरी-४ कि एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको वाग्मती प्रदेश सामजिक विकास मन्त्रालय कोभिड-१९ का प्रवक्ता डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए ।
उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका पुरुषहरू २८ देखि ४० वर्ष उमेर समूहका छन्। गत महिनाको जेठ १८ र २५ गते भारतबाट फर्किएका उनीहरूमा कोरोना देखिएपछि मनहरिबाट हेटौंडा–४ कर्रामा रहेको आइसोलेसन वार्डमा ल्याइँदै गरेको हेटौंडा अस्पताल आइसोलेसन वार्डका प्रमुख भोला चौलागाईंले जानकारी दिए ।
भारतबाट फर्किएर गाउँपालिकाले व्यवस्थापन गरेको लामिटार क्वारेन्टिनमा रहेका २९ मध्ये ६ जनाको रिपोर्ट पोजेटिभ आएको हो।
प्रतिक्रिया 4