+
+

क्वारेन्टिनमै किरिया !

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १७:५०

५ असार, बैतडी । दोगडाकेदार गाउँपालिका-७ चडेपानीका लीलाधर भट्ट क्वारेन्टिनमै आफ्ना बुबाको किरिया गर्न बसेका छन् ।

भारतको दिल्लीबाट कञ्चनपुरको गड्डाचौकी हुँदै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टिनमा बसिरहेका छन् । बुबा चिन्तामणि भट्टको ६ दिनअघि निधन भएपछि उनले क्वारेन्टिनमै किरिया सुरु गरेका हुन् ।

क्वारेन्टिनमै किरिया बस्न बाध्य भएको उनले गुनासो गरे। घरमै बस्ने व्यवस्था मिलाउन आग्रह गर्दा गाउँपालिकाले घर पठाउन नमानेको स्थानीयवासी केशव भट्टले बताए ।

भारतबाट आएका सबै नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्नुपर्ने निर्देशनअनुसार नै उनलाई क्वारेन्टिनमा राखेको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले बताए ।

लीलाधरको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि पठाइएको र १४ दिनअघि नै रिपोर्ट नेगेटिभ आए घर पठाइने उनको भनाइ छ ।

यसअघि गत जेठ दोस्रो साता बैतडीको मेलौली नगरपालिका-७ पच्कोराका रामसिंह रावत पनि क्वारेन्टिनमै आफ्ना बुबाको किरिया बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?