+
+
Shares

वन फडानी अध्ययन उपसमिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ५ गते १८:००

५ असार, काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले वन फडानी अध्ययन उपसमिति गठन गरेको छ ।

वैज्ञानिक वन व्यवस्थापनको नाममा वन फडानी भइरहेको भन्दै त्यसबारे अध्ययन गर्न लेखा समितिले समाजवादी पार्टीका सांसद प्रदीप यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेकपाका सांसद प्रेम आले मगर र कांग्रेस सांसद मीना सुब्बा सदस्य छन् । उपसमितिलाई १५ दिनको समय दिइएको छ ।

बैठकपछि समिति सदस्य प्रेम आलेले वैज्ञानिक वन व्यवस्थापनको नाममा हुने गरेको वन फडानीबारे अध्ययन गरेर समितिलाई प्रतिवदन बुझाइने बताए ।

अधिकांश ठाउँमा वन व्यवस्थापनको नाममा वन फाडानी भइरहेको र त्यसबाट राजस्वमा चलखेल भएको भन्दै समितिले अध्ययन गर्न उपसमिति गठन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?