Comments Add Comment

कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया, आमा र शिशुको अवस्था सामान्य

६ असार, नेपालगञ्ज । कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना सङ्क्रमित महिलाको  सफल शल्यक्रिया गरिएको छ ।

भीम अस्पताल भैरहवाबाट सिफारिश भएर आएकी जटिल प्रसव समस्याले ग्रसित महिलाको शल्यक्रियामार्फत छोरी जन्मिएको अस्पतालका सहनिर्देशक डा नितेश कनोडियाले जानकारी दिए ।

उनका अनुसार कृष्णनगर कपिलवस्तुकी २७ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको हो । अहिले आमा र नवजात शिशुको सामान्यावस्था छ ।

जटिल अवस्थामा रहेकी महिलालाई डा कविता सिन्हा, डा रवीन श्रेष्ठ, डा राजेश केसी, डा अमरेन्द्र कुशवाह र नर्सिङ्ग स्टाफ सङ्गीता गिरी, सरस्वती श्रेष्ठ र पवित्रा विष्टको टोलीले शल्यक्रिया गरेको थियो ।

अस्पतालले अछामकी २५ वर्षीया कोरोना सङ्क्रमित १८ हप्ताकी गर्भवतीको ठूलो आन्द्राको शल्यक्रिया गरेको थियो ।

अस्पतालमा तीन जना कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालका सहनिर्देशक डा  कनोडियाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment