Comments Add Comment

अग्रता जोगाउन नसक्दा आर्सनल ब्राइटनसँग पराजित

लेस्टर सिटी र वाटफोर्डको रोमाञ्चक बराबरी

७ असार, काठमाडौं । एक गोलको अग्रता जोगाउन नसक्दा आर्सनल प्रिमियर लिगमा ब्राइटनसँग पराजित भएको छ ।

घरेलु मैदानमा निउल पाउपेलले इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गरेपछि ब्राइटनले लण्डन क्लब आर्सनलमाथि २-१ को पुनरागमन जित हात पारेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा ६८ औं मिनेटमा निकोलस पेपेले गोल गर्दै आर्सनललाई पहिले अग्रता दिलाएका थिए ।

तर आर्सनलले त्यसलाई जोगाउन सकेन । ७५ औं मिनेटमा लेविस डंकले ब्राइटनका लागि बराबरी गोल फर्काए । खेल बराबरीतर्फ अग्रसर भएका बेला पाउपेले इन्जुरी टाइममा गोल गर्दै ब्राइटनलाई ३ अंक दिलाए ।

हारपछि आर्सनल ३० खेलबाट ४० अंकसहित दशौँ स्थानमा छ । जितपछि ब्राइटन ३२ अंकसहित १५ औं स्थानमा छ र रेलिगेसन क्षेत्रभन्दा ५ अंकले सुरक्षित छ ।

यस्तै वल्भसले वेष्टह्याम युनाइटेडलाई २-० ले पराजित गर्दै पाँचौ स्थानको म्यानचेष्टर युनाइटेडसँग अंक बराबरी गरेको छ । ३० खेलबाट युनाइटेड र वल्भ्सको समान ४६ अंक छ, तर गोलअन्तरमा युनाइटेड अघि छ । वल्भ्स छैटौं स्थानमा यथावत छ ।

उता क्रिस्टल प्यालेस नवौँ स्थानमा उक्लेको छ । प्यालेसले एएफसी बर्नमाउथलाई २-० ले पराजित गरेको हो ।

लेस्टर सिटी र वाटफोर्डको रोमाञ्चक बराबरी

शनिवार भएको पहिलो खेलमा तेस्रो स्थानको लेस्टर सिटीले रेलिगेसन जोगाउन संघर्षरत वाटफोर्डसँग १-१ बराबरी खेलेको छ ।

वाटफोर्डको मैदानमा भएको खेलमा दुवै गोल खेलको अन्तिम समयमा भएका थिए । तर लेस्टर सिटीले अग्रता लिएर पनि जोगाउन नसक्दा चौथो स्थानको चेल्सीसँग अंक दूरी फराकिलो पार्ने अवसर गुमायो ।

९० औं मिनेटमा बेन चिलवलले डेमराई ग्रेको पासमा गोल गर्दै लेस्टरलाई जित नजिक पुर्‍याएका थिए । तर ५ मिनेटको इन्जुरी टाइमको तेस्रो मिनेटमा वाटफोर्डले बराबरी गोल फर्काउन सफल भयो । वाटफोर्डका क्रेग डवसनले गोल गर्दै आफ्नो टोलीलाई १ अंक दिलाउन मद्दत गरे ।

बराबरीपछि ३० खेलबाट ५४ अंक जोड्दै लेस्टर तेस्रो स्थानमा छ । समान खेलबाट २८ अंकसहित वाटफोर्ड १६औं स्थानमा छ । वेष्टह्याम र बर्नमाउथ दुवै पराजित हुँदा वाटफोर्डलाई राहत मिलेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment