Comments Add Comment

आत्महत्या प्रयास गरेको भन्दै कुवेतमा एक नेपाली पक्राउ

कुवेत । आत्महत्या गर्ने प्रयास गरेको भन्दै कुवेतमा एक नेपाली पक्राउ परेका छन् । पक्राउ परेका नेपालीको परिचय भने खुलेको छैन ।

माहबौला जिल्लाको एक घरको छतमा चढेर तल हेरिरहेको बेला प्रहरीले ती नेपालीलाई पक्राउ गरेको थियो । अरब टाइम्सका अनुसार उनलाई फिन्तास प्रहरी कार्यालयमा लगेर राखिएको छ ।

कुवेतको महाबौला कोरोनाबाट अति प्रभावित जिल्लाहरुमध्ये एक हो । यो जिल्लालाई तीन महिनादेखि आइसोलेटेड गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment