+
+

दानव नदीको बाढीले भत्कायो छपियाको निर्माणाधीन पक्की पुल

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते ११:५९

७ असार, बुटवल । रुपन्देहीको सियारी र मायादेवी गाउँपालिकालाई जोड्न छपियाको कालिकादिह मन्दिर क्षेत्रमा निर्माणाधीन पक्की पुल भत्किएको छ । पुल भत्किँदा दुईजना इन्जिनियरसहित पाँचजना घाइते भएका छन् । प्रिस्ट्रेसिङ प्रविधिबाट बनाइएको पुल ढलान भएको १३औं दिनमा भत्किएको हो ।

दानव नदीमा आएको बाढीले पुलका स्टेजिङ (टेका)हरु बगाएर खल्बल्याएपछि पुल भत्किएको सडक डिभिजन बुटवलले जनाएको छ ।

पि्रस्ट्रेसिङ प्रविधिका पुलमा ढलान भएको १४ दिनमा पुलमा राखिएका फलामका लठ्ठा मेसिनको प्रयोग गरेर तन्काउनुपर्ने हुन्छ । ‘बाढी आएकाले पुललाई असर गर्ला भनेर ठेकेदारलाई आग्रह गरेर हामी पनि पुगेका थियौं,’ सडक डिभिजन बुटवलका प्रमुख मेघराज मरासिनीले भने, ‘लठ्ठा तन्काउन मेसिन ठिक्क पारेका बेला भत्कियो ।’

३० मिटर लम्बाई र ११ मिटर चौडाईको उक्त पुल निर्माणको ठेक्का निलगिरी नेसनल जेभीले पाएको थियो । भ्याटसहित ८ करोड ५० लाख रुपैयाँ लागतको पुलको निर्माण गत वैशाख १५ गते सम्पन्न गर्ने सम्झौता थियो ।

लकडाउनका कारण चैत वैशाखमा काम गर्न नपाउँदा वर्षायाममा काम गर्नुपरेको र बाढीका कारण बनिसकेको पुल अन्तिम समयमा भत्किँदा ठूलो आर्थिक क्षति बेहोर्नुपरेको ठेकेदार कम्पनीका प्रतिनिधि सूर्य अधिकारीले बताए ।

पुल निर्माणका क्रममा गुणस्तरमा त्रुटि भएर नभई बाढीका कारण पुल भत्किन पुगेको अधिकारीले बताए । अब ठेकदारले पुनः पुल बनाएर सरकारलाई हस्तान्तरण गर्नुपर्ने सडक डिभिजन बुटवलका प्रमुख मरासिनीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?