Comments Add Comment

नयाँ फिल्मका लागि लोकेसन खोज्दै मिलन

नेपाली चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर लकडाउन खुकुलो भएसँगै चलचित्रकर्मी फेरि तात्न थालेका छन् ।

निर्देशक मिलन चाम्स यतिबेला नयाँ चलचित्रको छायांकनका लागि लोकेसन हन्टिङमा निस्किएका छन्। उनले लकडाउन खुलेसँगै नयाँ चलचित्रको छायांकन गर्नेगरी काम गरिरहेको सुनाए ।

उनी चलचित्रको लोकेसन हेर्नका लागि चितवन पुगेका हुन् । चितवनमा लोकेसन पक्का गरेपछि आफू दमौली पुगेको उनले सुनाए । मिलनका अनुसार यो चलचित्रको छायांकन २० प्रतिशत नेपाल र बाँकी मलेसियामा हुनेछ ।

मिलनले चलचित्र ‘गोर्खा वारियर’ बनाउने तयारी गरे पनि अहिले तत्काल अर्को प्रोजेक्टमा काम गर्ने सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment