Comments Add Comment

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित

७ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्रर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा भएको परीक्षणबाट आइतबार ११ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सल्यानका ६, दैलेखका र सुर्खेतका २/२ जना र रुकुम पश्चिमका १ जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे । योसँगै कर्णालीमा संक्रमितको संख्या १२५६ पुगेको छ ।

कर्णालीमा आइतबार नै १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । प्रदेश अस्पता सुर्खेतको आसोलेसनबाट ३ जना, सल्यान बहुमुखी क्याम्पसको आसोलेनबाट ३ जना, दैलेख नौमुलेको आसोलेसनबाट ७ जना र जाजरकोट अस्पतालको आसोलेसनबाट एकजना गरी १४ जना डिस्चार्ज भएका हुन् ।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ५३१ पुगेको छ । हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment