Comments Add Comment

सञ्जीव ढुङ्गेल बने टेबलटेनिसका मुख्य प्रशिक्षक

७ असार, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले टेबलटेनिस (टेटे) प्रशिक्षक (अधिकृत तृतीय) सञ्जीवकुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

यसअघिका मुख्य प्रशिक्षक विनोद शाक्य ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुंगेललाई जिम्मेवारी दिइएको हो ।

४९ वर्षीय ढुङ्गेल २०५२ सालमा सहायक प्रशिक्षकको रुपमा राष्ट्रिय खेलकुद परिषद्को सेवामा प्रवेश गरेका थिए । उनी २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका हुन् ।

गत मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ढुङ्गेल नेपाली टोलीका प्रशिक्षकमध्येका एक थिए । १३ औं सागमा नेपालले टेटेमा १ रजत ४ कास्य पदक जितेको थियो।

ढुङ्गेलले पाएको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने बताउँदै टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाए । अखिल नेपाल टेबलटेनिस संघले ढुङ्गेललाई मुख्य प्रशिक्षकमा नियुक्त भएको बधाई दिँदै कार्यकाल पूर्ण सफलताका लागि कामना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment