+
+
Shares

नेपालमा फुड सप्लिमेन्टको खपत बढ्दो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ७ गते १७:१३

७ असार, काठमाडौं । खानाबाट मात्रै नपुगेपछि शरीरलाई आवश्यक पर्ने भिटामिन र मिनरललगायतका विभिन्न तत्वको मात्रा अतिरिक्त सेवन गर्ने नेपालीहरूको संख्या बढ्दै गएको पाइएको छ। फुड सप्लिमेन्टको रुपमा विश्वभर प्रयोग हुने प्रोटिन, भिटामिन, क्याल्सियम, कार्बोनेट, कार्बमेटलगायतका पदार्थको खपत नेपालमा बढ्दै गएको भन्सार विभागले जनाएको छ ।

आर्थिक वर्ष ७४/७५ मा नेपालमा फुड सप्लिमेन्ट आयातको कुनै विवरण नभए पनि पछिल्लो दुई आर्थिक वर्षमा दुई लाख ९४ हजार किलोभन्दा धेरै यस्ता सामग्री नेपाल भित्रिएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।

आर्थिक वर्ष ७५/७६ मा चार करोड ३५ लाख ३९ हजार रुपैयाँ बराबरको २८ हजार नौ सय २२ किलो यस्ता खाद्य पदार्थ नेपाल भित्रिएको थियो । चालु आवमा ३१ करोड ५७ लाख १९ हजार रुपैयाँ बराबरको फुड सप्लिमेन्ट नेपालले आयात गरेको विभागले जनाएको छ ।

खान-पान, काम तथा विभिन्न शारीरिक अभ्यासका कारण शरीरलाई नपुग्ने अतिरिक्त खाद्य पदार्थको प्रयोग बढ्दै गएको उक्त पदार्थको नियमन गर्ने निकाय खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

नेपालमा आयात हुने यस्ता २१ सय उत्पादनहरू दर्ता भएको विभागका सूचना अधिकारी एवं वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले जानकारी दिए । खाद्य विज्ञ तथा चिकित्सकको सिफारिसमा नेपालमा यस्ता पदार्थहरू बिक्रीवितरण हुँदै आएको छ । औषधिजस्तै संरचनामा झोल, पाउडर, क्याप्सुललगायतका आकारमा फुड सप्लिमेन्ट बजारमा पाइन्छ।

सन्तुलित भोजनको अभावले शरीरमा भिटामिन, मिनरल नपुगेका मानिस, कामको चापले घाममा ननिस्कनेहरू तथा रोगका कारण शरीरले त्यस्ता पदार्थ ग्रहण नगर्ने अवस्थामा नेपालीहरूले यस्तो पदार्थ खपत गर्ने गरेको विभागको खाद्य अनुसन्धान अधिकृत बताउँछन् । तर सन्तुलित भोजन खानेका लागि यस्ता पदार्थको प्रयोग जरुरी नरहने विज्ञहरूको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?