Comments Add Comment

बाजुरा पुगे डा. गोविन्द केसी

७ असार, डोटी । करीव चार महिनादेखि सुदूरपश्चिम प्रदेशमा रहेका चिकित्सा क्षेत्रमा सुधारका अभियन्ता डा. गोविन्द केसी निशुल्क उपचार प्रदान गर्न बाजुरा पुगेका छन् ।

निशुल्क स्वास्थ्य सेवा दिने भन्दै गत फागुन २० गते डडेल्धुरा अस्पताल पुगेका डा केसीले बिभिन्न जिल्लामा स्वास्थ्य उपचार दिँदै आएका छन् । बझाङ, बैतडी, दार्चुलाको बसाइपछि उनले आइतबार बाजुरा जिल्ला अस्पतालबाट निशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेका छन् । उनी एक साता बाजुरा बस्ने जनाइएको छ ।

बाजुरामा रहँदा उनले समग्र जिल्लाको स्वास्थ्य अवस्थाको बारेमा बुझ्नुका साथै बिरामीको उपचार समेत गर्ने जिल्ला अस्पताल बाजुराका डा. रुपचन्द्र विश्वकर्माले जानकारी दिए । चिकिस्ता शिक्षा क्षेत्रमा सुधारको माग राख्दै १८ पटकसम्म अनसन बसेका डा. केसी १७ औं र १८ औं अनसन पनि सुदूरपश्चिममै बसेका थिए ।

गत कात्तिक १८ गतेदेखि डडेल्धुरामा नौ दिनसम्म अनसन वसेका डा. केसीले भारत नेपाली भूमि समेटेर नक्सा सार्वजनिक गरेको विरोधमा आन्दोलन हुन थालेपछि अनसन तोडेका थिए । निशुल्क स्वास्थ्य उपचार दिन हिँडेका डा केसीले १८ औं जेठ २० गतेदेखि दुई दिन सञ्चालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment