Comments Add Comment

नवलपुरका थप १६ जनामा कोरोना, बुलिङ्गटारमा मात्रै १४ संक्रमित

८ असार, काठमाडौं । पूर्वी नवलपरासी (नवलपुर)मा थप १६ जना कोरोना संक्रमित फेला परेका छन् । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुर जिल्लाको बुलिङ्गटार गाउँपालिकाका १४ र गैंडाकोट नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै सोमबार विहानमात्रै नवलपुरमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २४ पुगेको छ । यसअघि सोमबार बिहान नै गण्डकी प्रदेशको क्षयरोग केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जनामा कोरोना पुष्टि भएको थियो ।

चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका बुलिङ्टारका १४ जना संक्रमित सबै पुरुषहरु हुन् । उनीहरु १८ देखि ४० वर्ष उमेर समूहका छन् ।

यस्तै गैंडाकोट नगरपालिका ३५ वर्षीय पुरुष र २८ वर्षीया महिलामा कोरोना पुष्टि भएको छ ।

भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ जनामा समेत कोरोना पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment