+
+
Shares

चितवनमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते ८:१०

८ असार, काठमाडौं । चितवनमा थप पाँच जना कोरोना संक्रमित फेला परेका छन् । माडी नगरपालिकामा ४ जना र भरतपुर महानगरपालिकामा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।

भरतपुरस्थित प्रयोगशालामा पछिल्लो पटक कूल २७० नमुना परीक्षण गरिएकामा चितवनका ५ र पूर्वी नवलपरासीका १६ जनामा कोरोना पुष्टि भएको छ ।

चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा माडी नगरपालिका वडा नं. २, ५, ६ र ८ मा एक–एक जना संक्रमित फेला परेका छन् । उनीहरु ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु हुन् ।

यसैगरी भरतपुर महानगरपालिकाको वडा नं. २८ मा २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको प्रयोशाला स्रोतले अनलाइनखबरलाई बतायो ।

अहिलेसम्म चितवनमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?