+

लुकाकु र मार्टिनेजको गोलमा इन्टर विजयी

२०७७ असार  ८ गते ८:५६ २०७७ असार ८ गते ८:५६
लुकाकु र मार्टिनेजको गोलमा इन्टर विजयी

८ असार काठमाडौं । इटालियन सिरी ए अन्तर्गत गएराति भएको खेलमा तेस्रो स्थानको इन्टरले साम्पडोरियालाई २-१ ले पराजित गरेको छ । इन्टरका लागि रोमेलु लुकाकु र लाउटारो मार्टिनेजले एक एक गोल गरे ।

घरेलु मैदानमा लुकाकुले खेलको १०औं मिनेटमे गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । दोस्रो हाफमा साम्पडोरियाले एक गोल फर्कायो । ५२औं मिनेटमा मोर्टेन थोर्स्बीले साम्पडोरियाका लागि गोल गरेका थिए ।

जितपछि २४ खेलाट ५४ अंक जोडेको इन्टरले शीर्ष स्थानको युभेन्ट्ससँग अंक दूरी ६ मा झारेको छ । इन्टरले अझै एक खेल कम खेलेको छ । २५ खेलबाट युभेन्ट्सको ६० अंक छ । २५ खेलबाटै ५९ अंक जोडेको लाजियो दोस्रो स्थानमा छ ।

इटालियन सिरी ए

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय