+
+
Shares

सोनमको जवाफ–‘म मेरो पिताका कारण बलिउडमा छु’

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १३:३६

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनसँगै बलिउडकर्मीका सन्तानलाई सामाजिक सञ्जालमा अश्लील म्यासेज आउन थालेको छ । उनीहरूको चर्को ट्रोल पनि भइरहेको छ । नायिका सोनाक्षी सिन्हाले यही कारण देखाउँदै ट्विटरबाट बाहिरिने निर्णय गरिसकेकी छन् ।

बलिउडमा परिवारवादको चर्को मुद्दा उठेपछि नायिका सोनम कपुरले यो विषयमा मुख खोलेकी छिन् । सोनमले सामाजिक सञ्जालमा आफ्नो भनाइ सार्वजनिक गर्दै लेखेकी छन्–‘म मेरो पिताकी छोरी हुँ, म उनकै कारणले बलिउडमा छु र यो मेरो विशेष अधिकार पनि हो । यो बेइज्जत होइन । मेरो पिताले निकै दु:खका साथ काम गरेर मलाई यो हक दिएका हुन् । मलाई उनको छोरी भएकोमा गर्व छ ।’

सोनमले मिडिया र अन्य मानिसहरूले परिवारवादको मुद्दालाई बढाइरहेको आरोप समेत लगाएकी छन् । उनले मानिसहरूले अरूसँग कसरी दयालु हुनुपर्छ भनेर सिकाइरहेको तर फेरि अरूलाई नै मनमा आएको हरेक कुरा बोलिरहेको पनि बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?