Comments Add Comment

कोरोना संक्रमित बढेपछि दक्षिण कोरियामा पुनः कडाइ गरिँदै

८ असार, काठमाडौं । दक्षिण कोरियाको पाँचौं ठूलो सहर डाइजोङमा पुनः एकपटक प्रतिबन्ध तथा भौतिक दुरी कायम राख्ने नियममा कडाइ गरिने भएको छ । कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा देखिएसँगै यस्तो निर्णय गरिएको हो । दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १७ संक्रमित फेला परेका छन् । जसमध्ये ६ जना विदेशबाट आएका नागरिक हुन् ।

दक्षिण कोरियाका लागि पछिल्लो २४ घण्टामा भेटिएको नयाँ संक्रमितको संख्या करिब एक महिनायताकै सबैभन्दा कम हो । यद्यपि अधिकारीहरुले आगामी दिनमा कोरोना भाइरसको महामारी बढ्न सक्ने भन्दै सचेत रहन आग्रह गर्दै आएका छन् । विशेषगरी डाइजोङ सहरको विषयलाई लिएर अधिकारीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् । यो सहर राजधानी सोलभन्दा केवल ५० माइल टाढा छ ।

म्युजियम, स्पोर्टस् हल र पुस्तकालयहरु बन्द गरिएका छन् । यसैबीच राजधानी सहर सोलका मेयरले भने आफूहरुले कोरोना भाइरसको दोस्रो लहरको संक्रमणका लागि तयारी गरिरहेको बताएका छन् ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment