+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

पाल्पामा एकैदिन थपिए ८२ जना कोरोना संक्रमित

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असार ८ गते १५:४२
फाइल तस्वीर

८ असार, बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताए ।

१३९ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ८० जनामा पोजेटिभ देखिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । २८३ जनाको स्वाब संकलन गरी पठाइएकोमा १४४ जनाको रिपोर्ट आउन बाँकी छ ।

संक्रमित पुष्टि भएका सबै जना तीन हप्ताअघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको गणपति, जनउज्वल र अकला विद्यालयको क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन् ।

एकैपटक धेरै जनमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या भएको गाउँपालिकाले जनाएको छ ।

यससँगै पाल्पामा हालसम्म कोरोना संक्रमितको संख्या १७६ पुगेको छ । पाल्पामा तानसेन नगरपालिकामा बाहेक सबै गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन् । यसअघि पालपाका रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १७ जना, माथागढी गाउँपालिकामा १५ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिकाका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पूर्वखोला गाउँपालिकाका एक जना संक्रमितको उपचारको क्रममा मत्यु भएको थियो ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?