Comments Add Comment

पाल्पामा एकैदिन थपिए ८२ जना कोरोना संक्रमित

फाइल तस्वीर

८ असार, बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताए ।

१३९ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ८० जनामा पोजेटिभ देखिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । २८३ जनाको स्वाब संकलन गरी पठाइएकोमा १४४ जनाको रिपोर्ट आउन बाँकी छ ।

संक्रमित पुष्टि भएका सबै जना तीन हप्ताअघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको गणपति, जनउज्वल र अकला विद्यालयको क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन् ।

एकैपटक धेरै जनमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या भएको गाउँपालिकाले जनाएको छ ।

यससँगै पाल्पामा हालसम्म कोरोना संक्रमितको संख्या १७६ पुगेको छ । पाल्पामा तानसेन नगरपालिकामा बाहेक सबै गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन् । यसअघि पालपाका रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १७ जना, माथागढी गाउँपालिकामा १५ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिकाका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पूर्वखोला गाउँपालिकाका एक जना संक्रमितको उपचारको क्रममा मत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment