Comments Add Comment

बडीकेदारमा कोरोना संक्रमणले मृत्यु भए परिवारलाई ५० हजार राहत

कोरोना संक्रमण पुष्टि भए १५०० दिइने

८ असार, डोटी । डोटीको बडीकेदार गाउँपालिकाले कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

गाउँ कार्यपालिकाको बैठकले गरेको निर्णयअनुसार गाउँपालिकाका कुनै पनि वासिन्दाको रोना संक्रमणको कारण मृत्यु भएको पुष्टि भए परिवारले ५० हजार पाउने छन् ।

बैठकले गाउँपालिकाभित्रका संक्रमितहरुलाई जनही १५०० रुपैयाँ दिने निर्णय पनि गरेको अध्यक्ष कृष्णबहादुर चन्दले बताए । उनले भने, ‘संक्रमितहरुको आत्मबल बढाउन र उनीहरुलाई पोषिलो खानेकुरा खान मद्दत पुगोस भनेर १५ सय दिने निर्णय गरेका हौं ।’

उनकाअनुसार भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरुलाई गाउँपालिकाले वडाका विभिन्न विद्यालयमा निर्माण गरिएका क्वारेन्टिनमा राखिएको छ ।

बाहीरी मुलुकबाट गाउँपालिकामा आएका नागरिकहरुलाई कम्तीमा १४ दिन क्वारेन्टिनमा राख्ने गरेको अध्यक्ष चन्द बताउँछन् ।

हालसम्म गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका उपाध्यक्ष ईन्द्रा बोहराले जानकारी दिइन् । ‘भिटीएम अभावकाकारण हामीले सबैको स्वाब संकलन गर्न सकेका छैनौ,’ उपाध्यक्ष बोहराले भनिन्, ‘भारत तथा तेश्रो मुलुकबाट हालसम्मसात ६६१ जना आएका छन्, आउने क्रम जारी छ ।’

संक्रमित चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीको रिपोर्ट आउन बाँकी रहेकोे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment