+
+
Shares

अग्निसाइर कृष्ण सावरण गाउँपालिकाको बजेट ४९ करोड २१ लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते १९:५२

८ असार, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासावरण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड २१ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार आयोजित छैठौं गाउँसभाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याएको हो । गाउँपालिकाले आन्तरिक आम्दानी ५६ लाख ४० हजार, नेपाल सरकारको वित्तिय समानीकरणबाट १० करोड ३३ लाख, सशर्त अनुदान १६ करोड ७९ लाख, विशेष अनुदान १ करोड ५० लाख, समपूरक अनुदान १ करोड रुपैयाँ प्राप्त हुने जनाएको छ ।

त्यसैगरी प्रदेश सरकारको वित्तीय समानीकरण ७१ लाख ६० हजार, सशर्त अनुदान ८० लाख, विशेष अनुदानतर्फ ३० लाख, समपूरक अनुदान २० लाख, सवारी साधन करतर्फ ४६ लाख ७० हजार, सामाजिक सुरक्षा भत्ता ७ करोड, बहुक्षेत्रीय पोषण योजनातर्फ १३ लाख १८ हजार रुपैयाँ प्राप्त हुने गाउँपालिकाले बजेटमा उल्लेख गरेको छ ।

त्यस्तै नेपाल सरकारको राजस्व बाँडफाँटबाट ७ करोड ४१ लाख ६३ हजार रुपैयाँ प्राप्त हुने गाउँपालिकाको अनुमान रहेको गाउँपालिका अध्यक्ष परशुराम चौधरीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको चालू खर्च ९ करोड २८ लाख, पूँजीगत खर्च १० करोड ७६ लाख ३३ हजार, वडातर्फको चालू खर्च ३० लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी बजेटको सिलिङ ४ करोड २० लाख सशर्त अनुदान १७ करोड ५९ लाख, सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ७ करोड तथा बहुक्षेत्रिय पोषण योजनातर्फ १२ लाख १८ हजार व्ययको अनुमान गरी प्रस्तुत गरिएको छ ।

सप्तरीका स्थानीय तहमध्ये अग्निसाइर कृष्णसावरण गाउँपालिकाले सबैभन्दा पहिले बजेट ल्याइएको हो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?