+
+

कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ८ गते २०:३०

८ असार, कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक व्यक्तिको सोमबार मृत्यु भएको छ ।

जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ७ का ३६ बर्षका पुरुषको सोमबार साँझ मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनी बालसेवा माध्यामिक बिद्यालयको क्वारेन्टाइनबाट आइतबार मात्रै घर फर्किएका थिए ।

उनलाई आइतबार आरडिटी विधिबाट परीक्षण गरी एन्टीबडी नेगेटिभ आएपछि घर पठाइएको स्वास्थ्य शाखाकी प्रमुख जयन्ती बिसीले जानकारी दिइन् ।
घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय लम्किको टोली पुगेको छ ।

‘हामी घटना स्थलमा पुगेका छौँ ’इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी ज्ञानेन्द्र चन्दले भने ‘क्वारेन्टिनबाट घर फर्किएका एक पुरुषको मृत्यु भएको छ । थप विवरण आउन बाँकी छ ।’

भारतबाट आएका उनी १३ दिन क्वारेन्टाइनमा बसी आइतबार घर फर्किएको स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?